IME Life New

राष्ट्र बैंकको ठाडो हस्तक्षेप पछि पनि शेयरधनीलाई भ्रमित बनाउदै माइक्रोफाइनान्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठाडो हस्तक्षेप गर्दै लघुवित्त वित्तीय संस्थालाई १५ प्रतिशत भन्दा माथि लाभांश दिन नपाउने भन्दै पत्र काटिरहदा पनि लघुवित्त वित्तीय संस्थाहरुले पनि लगानीकर्तालाई भ्रमित बनाउदा धेरै धेरै लाभांश घोषणा गरिरहेका छन् ।

राष्ट्र बैंकले जीवन विकास लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्थालाई पत्र काटेरै १५ प्रतिशत भन्दा माथि लाभांश घोषणा नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन पछि दुबैले लाभांश घटाइसकेका छन् । यसरी लाभांश घटाउदा यस अवधिमा महगोमा शेयर खरिदकर्ताको घाटालाई कसले परिपुर्ती गरिदिने भन्दै लगानीकर्ता आक्रोशित बनेका छन् । लाभांश स्वीकृति माग्ने क्रममा राष्ट्र बैंकले अंक नै किटान गरेर १५ प्रतिशत लाभांश प्रदान गर्न निर्देशन दिएको थियो ।

Esewa
Crest

यसरी १५ प्रतिशत भन्दा माथि लाभांश घोषणा गर्ने लघुवित्त वित्तीय संस्थालाई पत्र काटेरै लाभांशमा अंकुश लगाउदा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले भने ५० प्रतिशत बोनस शेयर र २३.६८ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।

यसरी लघुवित्तले लाभांश घोषणा गर्दा दोस्रो बजारमा संस्थाको शेयर मूल्यमा ह्वात्तै सुधार हुन्छ । यसरी संस्थाले जानी जानी बजारलाई प्रभावित पार्ने गरी लाभांश घोषणा गरिरहेको छ । यस्तो कार्यले दोस्रो बजारलाई नै नराम्रो सँग प्रभावित पारिरहेको छैन ।

भोलि राष्ट्र बैंकले ७३.६८ प्रतिशत लाभांशलाई घटाएर १५ प्रतिशतमा झार्न निर्देशन दिदा को जवाफदेही हुने ? एक लगानीकर्ताले भने यदि कम्पनीले अहिले तोकिकएको लाभांश दिन नसकेमा संस्थालाई कारबाही गर्ने कि नगर्ने ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS