IME Life New

एनआइसी एशिया लघवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उप प्रादेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता र्याली कार्यक्रम संचालन गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा संचालन भएको उक्त वित्तीय साक्षरता सम्बन्धी ¥याली कार्यक्रमलाई परासी लघुवित्त कर्मचारी मंचले अगुवाई गरेको थियो । जसमा त्यस क्षेत्रमा सेवा तथा कार्यक्रम प्रवाह गर्दै आएका १६ वटा लघुवित्तहरुमा आवद्ध सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम परासीको हाटबजारबाट शुरु भई बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

Esewa
Crest

यसरी वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहित भएको उक्त ¥याली कार्यक्रमबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको एनआईसी एशिया लघुवित्तका कर्पोरेट कार्यालयका चिफ विजनेस एण्ड क्वालिटी एस्युरेन्स ईकोसिष्टम श्री अर्जुन श्रेष्ठले बताउदै उक्त कार्यक्रममा सहभागीता जनाउने सम्पुणलाई धन्यबाद ज्ञापन गरे ।

“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरु सहित नेपाल भरी आफ्ना २८७ शाखाहरु मार्फत २ लाखभन्दा बढि न्यून आय भएका, साना तथा मझौला उद्यमी सदस्यहरुलाइ गुणस्तरीय वित्तीय सेवा तथा गैह्रवित्तीय सेवा उपलब्ध गराउदै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य लघुवित्तले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS