IME Life New

स्वाभिमान लघुवित्तको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्तको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बुटवलमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षण प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने, वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । ।

सभाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, अन्य इजाजतपत्र प्राप्त घ वर्गका वित्तीय संस्थासंग मर्जर वा प्राप्ति गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पुर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थाको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS