IME Life New

हाकिमचोकमा नेपाल बैंकको नयाँ शाखा विस्तार, कति पुग्यो कुल शाखा संख्या ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडले चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो २२८औं शाखा विस्तार गरेको हो । शुक्रबार नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी सुरेन्द्र पौडेलले चितवन जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएकोले यसले चितवनबासीलाई आर्थिक रुपले समृद्ध बनाउने भूमिका खेल्ने धारणा राखे ।

Esewa
Crest

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बिगतमा चितवन जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई चितवन बासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको हाकिमचोक शाखाबाट दिगो बैंकिङ्गको अपेक्षा रहेको धारणा राखे ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका आर्थिक प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरि बैंकसंग साझेदारी गर्न ग्राहकबर्गहरुमा अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS