IME Life New

दुई कम्पनीको बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पुस २५ गते सम्पन्न १४ औं वार्षिक साधराण सभाबाट पारित भएको १३ दशमलव ३० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको जनाएको छ ।

कम्पनीले पुस ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको र त्यसपछि अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश बोनश शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, गुराँस लघुवित्तले पुस ३० गते सम्पन्न सातौं साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत गराई शेयरधनीहरुको हितग्राही खातामा पठाएको बताएको छ । कम्पनीका पुस १९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर पठाएको र सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमश: हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराएपछि मात्रै बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

दुबै कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS