IME Life New

जीवन विकास लघुवित्तले डाक्यो चौथो वार्षिक साधारण सभा, यस्ता छन् १० एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा चैत ३० गते बिहिबार बिहान १०.३० बजे, वित्तीय संस्थाको केन्द्रिय कार्यालय, कटहरी – २, मोरङ्गमा गर्ने जनाएको छ । यस वित्तीय संस्थाको सञ्चालक समितिको ७४ औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाको मिति तय भएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ,लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले बंैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक पुनः नियुक्तिका लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिले सिफारिश गरे बमोजिम आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको ०.७१४२ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनकालागि) र १४.२८५ प्रतिशत बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव स्विकृत गर्नेेछ ।

सभाले बोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने , वित्तीय संस्थाको नियमावलीको नियम २९ (२) मा संशोधन गर्ने, अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धि÷थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन तयार गर्न मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने÷गाभिने एवम् प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS