IME Life New

आरम्भ चौतारी लघुवित्तको साधारण सभा चैत ३० गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्तको सातौं वार्षिक साधारण सभा चैत ३० गते बिहिबार हुने भएको छ । कम्पनीको चैत ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बनेपामा विहान ११ बजे आयोजना गर्ने जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन।

सभाले आर्थिक वर्ष २०७८ /७९ सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७९ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७८ / ७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

Esewa
Crest

सभाले लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७९ / ८० को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती समाहित गर्ने,हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्रको दफा ५ मा रहेको वित्तीय संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा विप्रेषण सम्बन्धी कार्यहरु गर्न दफा ५ अर्न्तगत खण्ड (प) थप गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS