IME Life New

राष्ट्र बैंकले चाँदीकाे हस्तकला निर्यात प्रवर्द्धनका लागी चाँदी आयातमा लचकता देखायाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल राष्ट्र बै‌ंकले निर्यात गर्ने चाँदी व्यवसायीलाई चाँदी बिक्री गर्दा वाणिज्य बै‌ंकले मासिक १ किलोग्राम भन्दा बढी गर्न नपाउने प्रावधान खारेज गरेकाे छ । निर्यात व्यवसायीलाई चाँदी बिक्री गर्दा खण्ड (घ) को बुँदा (१) देखि (४) सम्मका व्यवस्था समेत पालना हुनुपर्ने भएपनि निर्यात प्रयाेजनकाे चाँदीकाे बिक्रीमा परिमाणात्मक बन्देज हटाइएकाे छ ।

चाँदी आयातमा भुक्तानीको सीमा अन्तर्गत खण्ड (क) बमोजिम चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर साठ्ठी हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने प्रावधान लागू गरिएकाे छ । याे रकम यसअघि जम्मा ३५ हजार अमेरिकी डलर मात्र रहेकाे थियाे ।

Esewa
Crest

चाँदीको गरगहना, कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई वाणिज्य बैंकले तल मापदण्डकाे आधारमा सटही सुविधा प्रदान गर्न सक्नेछः

(१) निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश ।

(२) बुँदा (१) को कागजातमा उल्लिखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि प्रति पटक अमेरिकी डलर साठ्ठी हजारको सटही सीमा लागू हुने छैन ।

(३) सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए,नभएको यकिन गर्नु पर्नेछ ।

(४) सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वघोषणा गर्नुपर्नेछ।

 

Rastra Bank Foreign Currency Directives Circular

 राष्ट्र बै‌ंकले भारतसँगकाे आयात काराेबारमा बेग्लै विदेशी विनिमय नियन्त्रण फारम भर्नुपर्ने लगायतका प्रावधान लागू गरेकाे छ। राष्ट्र बै‌ंककाे विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकीकृत परिपत्र–२०७८ मा संशोधन गरी यस्ताे व्यवस्था गरिएकाे हाे । यसअघि प्रतित पत्रसँगै विविनि फारम नम्बर ३ भर्नुपर्ने प्रावधान रहेकाेमा भारतसँगकाे आयात काराेबारमा विविनि फारम नम्बर ३(ग) भर्नुपर्ने प्रावधान लागू गरिएकाे हाे । साथै भारतबाट हुने आयातको हकमा वि.वि.नि. फाराम नं. ४(ग) भर्नुपर्ने भएकाे छ ।यसअघि विविनि फारम नम्बर ४ भर्नुपर्ने प्रावधान थियाे ।

भारतबाट विदेशी मुद्रा भुक्तानी गरी सफ्टवेयर आयात सम्बन्धि ब्यवस्थामा नेपालका संघ संस्था तथा कम्पनीहरूले भारतबाट सफ्टवेयर खरिद गर्नु परेमा एकपटकमा बढीमा अमेरिकी डलर १५,०००।– (भा.रु.को हकमा भा.रु. १५ लाख) सम्मको सफ्टवेयर एल.सी.मार्फत् आयात गर्न पाउने छन्।

यसैगरी अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम अन्य माध्यम ड्राफ्ट,टी.टी., एबिएलसी, डिएपि, डिएए बाट हुने आयात समेत चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने व्यवस्था गरिएकाे छ।

परिपत्रकाे १.१.६ (द)(४) मा जलविद्युतसँगै व्यवसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटन क्षेत्रको हकमा काम सम्पन्न भएकाे निस्सा पेश गर्ने समयावधी ६ महिना भन्दा बढी लाग्ने अवस्था देखिएमा सो अवधि बैंकहरू आफैंले निर्धारण गर्न सक्नेछन् भन्ने प्रावधान थप गरिएकाे छ। यसअघि जलविद्युत लगायतका भन्ने वाक्यांश राखिएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS