IME Life New

रोल्पाको गंगादेवमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले रोल्पाको गंगादेवमा वित्तीय साक्षरता कार्यक्रम गरेको सम्पन्न गरेको छ । ग्लोवल मनी विकको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक गोविन्द गुरुङले बैंक केहो, बैंकले के काम गर्दछ, कसरी वचत गर्ने, वचत गर्दा हुने फाईदा, बैंक खाताका प्रकारहरु, कसरी उद्यम शिलता विकास गर्ने, कृषि विकास बैंकले दिने विभिन्न सेवाहरु, किन कृषि विकास बैंकवाट कारोवार गर्ने लगायत किसानहरुको सेवामा सधै तल्लीन कृषि विकास बैंकको विविध पक्षहरुको वारेमा प्रकाश पारेका थिए ।

Esewa
Crest

वित्तीय साक्षरताको बारेमा जानकारी गराउनका अलावा उक्त कार्यक्रममा वित्तिय साक्षरताको आवश्यकता एवं नेपालको आर्थिक तथा वित्तिय प्रणालीको बारेमा समेत प्रमुख कार्यकारी अधिकृत गुरुङले प्रकाश पारेको बैंकले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख हरि वहादुर पुनले आफ्नो गाउँपालिकामा अधिकांश जनताले खेती किसान गर्ने भएकोले उक्त ठाउँमा कृषि विकास बैंकको शाखा विस्तारको अनुरोध गर्दै बैंकले शाखा विस्तार गरेमा हर तरहले सहयोग गर्ने तथा बैंकको शाखा विस्तार भएमा यस क्षेत्रका जनता लाभान्वित हुने र बैंकलाई समेत फाईदा हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS