IME Life New

सिडी रेसियो ८५ दशमलव ७१ प्रतिशतमा झर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। पछिल्लो समय कर्जा निक्षेप अनुपात (सिडी रेसियो ) ८६ प्रतिशत भन्दा तल आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार मार्च १८ मा सिडी रेसियो ८५ दशमलव ७१ प्रतिशत रहेको छ । अघिल्लो दिन अर्थात् मार्च १७ मा पनि सिडी रेसियो त्यति नै थियो ।

बैंक तथा वित्तीय सस्थामा निक्षेप संकलन ५४ खर्ब ०४ अर्ब रहेको छ भने अघिल्लो दिन निक्षेप ५४ खर्ब ०५ अर्ब थियो । एक दिनको अवधिमा निक्षेप संकलन १ अर्बले घटेको छ । कूल निक्षेपमध्ये वाणिज्य बैंकमा ४७ खर्ब ६३ अर्ब निक्षेप छ भने अन्य वित्तीय सस्थामा ६ खर्ब ४१ अर्ब निक्षेप रहेको छ । एक दिनको अवधिमा वाणिज्य बैंकबाट १ अर्ब निक्षेप घटेको हो ।

Esewa
Crest

त्यस्तै प्रणालीबाट मार्च १८ सम्म ४८ खर्ब १३ अर्ब कर्जा प्रवाह भएको छ। कर्जा प्रवाहमा एक दिनको अवधिमा कुनै परिवर्तन भएको छैन।

अन्तर बैंक व्याज दर भने सामान्य घट्दै ७ प्रतिशतमा आएको छ। अघिल्लो दिन अन्तर बैंक व्याज दर ७ दशमलव ०१ प्रतिशत थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS