IME Life New

कालिका लघुवित्तले डाक्यो एजिएम, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्तले चैत्र २९ गते १३औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा होटल टास्क पोखरामा आयोजना गर्ने जनाएको छ । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले पारित गर्नेछ ।

Esewa
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को वाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, वोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्रको दफा(६ मा जारी तथा चुक्ता पूँजी वृद्धि सम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले वित्तीय संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहको शेयर स्वामित्व क्रमशः ६४.५२ प्रतिशत र ३५.४८ प्रतिशत रहेकोमा नियमनकारी निकायबाट स्वीकृति प्राप्त भए पश्चात् कार्यान्वयन गर्ने गरी संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले यस वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्नेरगाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मुल्यांकन गर्न परामर्शदाता, मुल्यांकनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने तथा गाभ्ने गाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानुन बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृति लिने तथा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्य गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले प्रबन्धपत्र नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिमार्जन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत्र १६ गतेदेखि साधारणसभा नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १५ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS