IME Life New

मुक्तिनाथ विकास बैंकका ग्राहकले अरर्किड रिर्सोट र मेडिकल स्टोरमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” र “सुर्यविनायक मेडिकल स्टोर” सँग सम्झौता गरेको छ । आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन र विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरि सम्झौता भएको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” मा फुड, बेभरेज एण्ड एकोभमा विशेष १० प्रतिशत छुट र “सुर्यविनायक मेडिकल स्टोर” विभिन्न सेवाहरुमा विशेष १० प्रतितशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको जुनसुकै मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

साथै बैंकहरुले प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS