IME Life New

कोशी प्रदेशमा ‘रोड टु आईपीओ’ नामक कार्यशाला सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल एस क्यापिटल,एसीआन कोशी प्रदेश कमिटि र पायोनियर ल एसोसियट्सको सहकार्यमा ‘रोड टु आईपीओ’ नामक कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रम बिराटनगरको बञ्जारा चोकमा रहेको होटल ह्यारिसन प्यालेसमा आयाजना गरिएको थियो ।

कोशी प्रदेशका कर्पाेरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरुलाई आइपीओ निष्काशनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउन उक्त कार्यशालाको आयोजना गरिएको एनआएबीएल एस क्यापिटलले जनाएको छ । कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुङ्गानाले प्रस्तुती दिएका थिए । एसीआन कोशी प्रदेश समितिको तर्फबाट कार्यक्रमको सफल कार्यान्वयनको लागि एसीआन कोशी प्रदेश प्रमुख सीए मनोज अधिकारी, सचिव तिर्थ यादव र कोषाध्यक्ष आश्वनी बंसलको उपस्थिति रहेको थियो ।

Esewa
Crest

उक्त कार्यशालाले कानुनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरुमा केन्द्रित रहेको आइपीओ सम्बन्धी विभिन्न उदाहरण प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS