IME Life New

सिटिजन लाईफले तेश्रो त्रैमास सम्म ६७ करोड माथि कुल बीमा शुल्क आर्जन गर्न सफल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सिटिजन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको हाल पूँजी १ अर्ब ७५ करोड रहेको छ । कम्पनीको जगेडा कोषमा २१ करोड ११ लाख रुपैयाँ संचित छ । जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास भन्दा १६० प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष ८६४ प्रतिशतले वृद्धि हुँदै ४० करोड ४७ लाख पुगेको छ ।

Crest

कम्पनीले तेश्रो त्रैमास सम्म ६७  करोड ८१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ६५  करोड ५  लाख  खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम २५० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले ३८ हजार २ सय ८७  बीमा लेख जारी गरेको छ । कम्पनीले तेश्रो त्रैमास सम्म १२ करोड १४ लाख खुद नाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS