IME Life New

दुई लघुवित्तको एजिएम आज हुँदै, कहिलेसम्म शेयर किन्नेले पाउँछन् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शनिवार सपोर्ट लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुँदैछ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले दुर्गा पार्टी ब्यालेस इटहरी ४ सुनसरीमा बिहान ९ः३० बजे शुरु गर्ने जनाएको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई स्वीकृती प्रदान गर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले यस लघुवित्त तथा अन्य कुनै पनि उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन २१ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा फागुन १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

त्यसैगरी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शिनिवार होटल सेन्ट्रल प्लाजा, कोहलपुर,बाँकेमा विहान १० बजे सभा शुरु गर्ने जनाएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना गरी पाँच सञ्चालक निर्वाचन समेत गर्नेछ ।

साथै सभाले भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS