IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन रकममा गिरावट हुँदा खुद नाफा १४ करोड ९३ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म ९० करोड ६९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ८८ करोड ५३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम २ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कम्पनीले ४६ करोड २५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम १६ प्रतिशतले कम भएको छ ।

Esewa
Crest

९ महिनाको अवधिमा कम्पनीले १४ करोड ९३ लाख रुपैया खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ३ प्रतिशतले मात्र वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २२ रुपैयाँ ६२ पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २१ रुपैयाँ ९२ पैसा थियो ।

कम्पनीको जगेडा कोषमा २१ करोड ७१ लाख रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष १०२ प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको बीमा कोष भने २९ प्रतिशतले वृद्धि हुँदै ५१ करोड ४२ लाख पुगेको छ ।

कम्पनीको कुल दावी भुक्तानी रकम ५१ करोड ५२ लाख छ भने खुद दावी भुक्तानी रकम २९ करोड २४ लाख रहेको छ।

कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम ४८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको तेस्रो त्रैमासको विवरण अनुसार कम्पनीले ६६ करोड ८० लाख रकम भुक्तानी हुन् बाँकी छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा कम्पनीले अझै आफ्नो पुँजी १४ प्रतिशतले वृद्धि गर्न बाँकी छ। कम्पनीले २० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रक्रियामा छ। उक्त हकप्रद पश्चात कम्पनीको पुँजी १ अर्ब पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS