IME Life New

सबैको लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा सम्पन्न भएको कम्पनीले जनाउको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १८ प्रतिशत बोनश शेयर र ०.९५ प्रतिशत नगद गरि कुल १८.९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८ / ७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को बाह्य लेखापरीक्षण कार्यको लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हालका लेखापरीक्षक श्री श्रेष्ठ एण्ड न्यौपाने एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य रहने प्रस्ताव पारित गरेको जनाएको छ ।

सभाले यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (क), (ख) र (ग) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा वढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने वा शाखा खरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिनेलगायत आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरूप यस वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS