IME Life New

ग्राहक सँग भ्याट उठाएर दाखिला नगर्नेलाई तत्काल फरफार गर्न राजस्व विभागको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले गएको वर्ष ग्राहक सँग भ्याट उठाएर आन्तरिक राजस्व विभागमा दाखिला नगर्ने करदातालाई तत्काल दाखिला गर्न निर्देशन दिएको छ । यसका साथै विभागले सम्पुर्ण करदाताहरुलाई गएको आर्थिक वर्ष २०७८/७९ को भुक्तानी हुन बाँकी कर अविलम्ब दाखिला गर्न अनुरोध गरेको हो ।

विभागमा दर्ता भएका करदाताहरुले आर्थिक वर्ष सम्पन्न भए पछि असोज मसान्त भित्र कर दाखिला गर्नु पर्ने व्यवस्था रहेको छ । विभागले पहिलो चरणमा कर दाखिला नगर्ने करदाताहरुलाई पुस मसान्तसम्मको म्याद दिएको थियो ।

Esewa
Crest

यस अवधिमा पनि कतिपय करदाताहरुले कारोबार गरी मूल्य अभिबृद्धि करको विवरण दाखिला गरेको, भन्सार तथ्याङ्क अनुसार आयात निर्यात गरेको एवं त्यस्ता करदाताको नाममा अग्रिम कर कट्टी भएको लगायत विभिन्न माध्यमबाट प्राप्त सूचना अनुसार  सो आय वर्षमा कर लगाने कारोबार गरेको देखिएको तर हालसम्म विवरण र कर दाखिला नगरेको पाइएकोले यस्तो सूचना जारी गरिएको विभागले जनाएको छ ।

विभागले करदाताहरुलाई आर्थिक वर्ष २०७८/७९ सम्मको विवरण र कर अविलम्ब दाखिला गरि आफ्नो कर दायित्व फरफार गर्न अनुरोध गरेको हो । विवरण र कर दायित्व फरफार नगर्ने करदाताहरुको छानिविन तथा अनुसन्धान गरी प्रचलित कानुन बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS