SKIP THIS

GBIME
IME Life
Beema Board

अराजक दुर्गा प्रसाईको १६ बुँदे माग सहित नेपाल बन्दको चेतावनी, ६ प्रतिशतमा निक्षेप लिएर ५ प्रतिशतमा कर्जा दिनु पर्ने !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दुर्गा प्रसाईले १६ बुँदे माग राख्दै नेपाल बन्दको चेतावनी दिएका छन् । उनले केहि समयदेखि बैंक वित्तीय संस्थाका ऋणीहरुलाई भड्काउदै आइरहेका छन् । उनले मध्यम वर्ग र बैंकबाट कर्जा लिएका ऋणीहरुको सान्तवना लिदै आराजकता फैलाउदै आइरहेका छन् ।

राजा ज्ञानेन्द्र सँग काध जोडेर उनले संविधान प्रति धावा बोल्दै आज पत्रकार सम्मेलन आह्वान गरेका छन् । पत्रकार सम्मेलन मार्फत उनले संवैधानिक व्यवस्थाको खिलापमा १६ बुँदै माग राखेका छन् । उनका मागहरु यति विरोधावास छन् कि बैंकहरुले निक्षेपको व्याजदर ६ प्रतिशत दिनु पर्ने र कर्जाको व्याजदर भने ५ प्रतिशत हुनु पर्ने माग राखेका छन् । जुन आफैमा अराजक अभिव्यक्ति बाहेक केहि पनि होइन ।

Prabhu
Crest

थिलिएको अर्थतन्त्रमा मलम लगाउने र समस्याको समाधान सोच्ने वेलामा प्रसाइले उल्टै अर्थतन्त्रलाई नै धरासयी बनाउने गरी जवरजस्ती माग तेर्साएका छन् । उनका अराजक मागको कार्यान्वयनका लागि आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । प्रसाइ हरेक पटक विवादमा पर्दै आइरहेका छन् । उनले यस भन्दा अगाडी बैंक वित्तीय संस्था विरुद्ध दिएका अभिव्यक्ति तथा अभियानलाई लिएर चौतर्फी विरोध भएको थियो । उनको अराजक अभियानले अहिले बैंक वित्तीय संस्थाका कर्मचारीहरु असुरक्षित हुँदै आइरहेका छन् ।

प्रसाईका मागहरु  

  • राष्ट्रलाई सेतो हात्ती बनाइएको संघियता खारेज गरी सबै धर्मलाई सम्मान गर्दै वैदेशिक सनातन राष्ट्र कायम गर्नु पर्ने
  • गणतन्त्रको बाटो हिड्दा अफाप सिद्ध भएका कारण २०४७ सालको संविधान कायम गर्नु पर्ने वा अहिलेकै संविधानलाई संसोधन गरि सबै पक्षलाई मान्य हुने गरी अघि बढ्ने
  • बैंक लघुवित्त सहकारी बीमा कम्पनीहरुलाई तुरुन्तै राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपलाई ध्यानमा राख्दै निक्षेपकर्ताको व्याज ६ प्रतिशत भन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरुको २० लाख भन्द मुनिको ऋण मिनाह गरी विखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पुर्याइएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनु पर्ने
  • २० लाख भन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत हुनु पर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिकर रोजगारमा गएका नेपाली युवाहरुलाई नेपालमै स्वरोजगारको ग्यारेन्टी गर्नु पर्ने र साथै बैंक तथा वित्तीय संस्थाबाट पत्रिकामा ३५ दिने सूचना प्रकाशन गर्ने काम बन्द गर्नु पर्ने र कोभिड र राजनीनिक अस्थिरताका कारण व्यापारीहरु थलिएका हुनाले सो ऋणलाई ५ वर्ष समय थपि पुन काम गर्ने बातावारण मिलाउनु पर्ने
  • बैंकले धितोमा लिलाम गरी सुकुम्बासी बनाएकाहरुको धितो फिर्ता गरी उक्त ऋण पुनर्संरचना गरी १५ वर्षमा तिर्ने गरी किस्तामा बैंकको ऋणतिर्ने वातावरण बनाउनु पर्ने त्यसको जिम्मा सरकारले लिनु पर्ने
  • सम्पुर्ण सरकारकारका मातहत रहेका संघ संस्थाको रकम बैंकमा राख्दा सून्य प्रतिशत व्याजदरमा राखिनु पर्ने । सरकारले एफडी खाता खोल्न नपाउने
  • निजामति कर्मचारीको तलब तल्लो तहका कर सुरक्षाकर्मीको तलब सुविधा कम्तिमा एक लाख ५० हजार हुने ग्यारेन्टी गर्नु पर्ने
  • सर्वोच्च अदालतमा एक सय जना न्यायाधिसहरु थप गरि जस्तो सुकै मुद्दालाई पनि दुई वर्षभित्र छिनोफानो गर्नुपर्ने वातावरण गर्नु पर्ने
  • जेल परेका कैदी बन्दीलाई उच्च स्तरीय आयोग गठन गरी छानविन गरि जेल मुक्त गरी बाँकी बन्दीहरुलाई श्रम सिविरमा रुपान्तरण गरिनु पर्ने र जेलको अवधारणा हरेक क्षेत्रमा एउटालाई हरेक किसिमका अध्यावपन गर्नु पर्ने
  • उच्च शिक्षा हासिल गर्न विदेश जाने बाटो बन्द गरी नेपालमै थप विश्वविद्यालयहरु खोली उच्च शिक्षा हासिल गर्न पाउने वातावरण मिलाउनु पर्ने । साथै यहि देशमा वर्षको २० हजार नर्स र १० हजार डाक्टर इन्जिनियर र सिए पढ्ने वातावरण मिलाउनु पर्ने
  • नेपालको अर्थतन्त्रमा राम्रो सहयोग गर्ने तथा विभिन्न रोगमा औषधीको रुपमा प्रयोग गर्न सकिने हुँदा गाजा खेतिलाई बैधानिकता दिनु पर्ने
  • राजाका पालामा स्थापना भएका र प्रजातन्त्र स्थापना पछि बेचिएका सम्पुर्ण उद्योग धन्दा कल कारखाना फिर्ता गरी पुन सञ्चालनमा ल्याउनु पर्ने
  • वेरोजगार युवाहरुलाई विनाधितो ऋण उपलब्ध गराइ रोजगारी सिर्जना गर्नु पर्ने
  • नेपालमा जन्मिएर विश्वभरी छरिएर रहेका नेपालीहरुले दोहोरो नागरिकता राख्न पाउनु पर्ने र वैदेशिक रोजगार गएर जेलमा परेका विदेशमै जेलमा परेका र अलपत्र अवस्थामा रहेका नेपालीलाई आफ्नो जन्मभुमी नेपालमै फर्काउनु पर्ने
  • २०४६ पछि घराना व्यापारीका रुपमा बैंक र वित्तीय संस्थाहरु कब्जा गरी राज्यको समेत ३२ खर्ब भन्दा बढी रकम ५५ भन्दा बढि व्यापारी र नेताले हिनामिना गरी विदेशमा लगी पैसा राखि देशलाई कंगाल बनाएकोले छाविन गरी उक्त सम्पत्ती फिर्ता ल्याउनु पर्ने
  • वैदेशिक रोजगारीका नाममा मानव तस्करको धन्दा बन्द गर्नु पर्ने ।

कार्यक्रमका तालिकाहरु

हरेक शनिवार दिनको एक बजे मध्यम वर्गका व्यवसायी यातायात व्यवासायी घरधनीहरु सुकुम्बासीहरु सर्वहारा वर्ग र भुइमान्छेहरु तथा फुटपाटमा व्यापार गर्ने व्यवासायी सँग मिलि माइतिघर मण्डलाबाट जुलुस ल्याइ बनेश्वर चोकमा कोड सभा गर्ने

चैत एक गतेदेखि चैत १९ गतेसम्म हेटौडा, पोखरा, जनकपुर, लहान, विरगञ्ज, दार्चुला, वैतडी, महेन्द्रनगर, इटहरी, विराटनगर, धरान, दमकसम्म सामन्ति विरुद्धको आम सभा र कोडसभा र २४ गतेदेखि अनिश्चितकालिन नेपाल बन्द गर्ने त्यो समयमा सम्पुर्ण व्यापारीहरुले पसल बन्द गर्ने, राके जुलुस गर्ने, मालपोतमा जग्गा पास नगर्ने र केहि मान्छेहरु आफ्नै खर्चमा काठमाडौं आइ यो अभियानलाई सफल बनाउने । चैत एक गतेदेखि राष्ट्रव्यापी रुपमा महाअभियानको गठन गर्ने प्रसाइको कार्यतालिका रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

75%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS