IME Life New

एनएमबि बैंकका ग्राहकले माई च्वाइस रातो भाले रिसोर्टमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल स्थित माई च्वाइस रातो भाले रिसोर्टबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले माई च्वाइस रातो भाले रिसोर्टबाट प्रदान गरिएको सम्पूर्ण फुड आइटममा रिसोर्टको मेनुमा राखिएको मुल्यमा १५ प्रतिशत छुट पाउनेछन् ।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्ट र माई च्वाइस रातो भाले रिसोर्टका संचालक बलराम पान्डेले हस्ताक्षर गरेका छन् । एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र माई च्वाइस रातो भाले रिसोर्टका संचालक प्रकाश भट्टराईले सो हस्ताक्षर सम्झौता आदान प्रदान गरेका थिए ।

Esewa
Crest

बैंकका अनुसार यो सम्झौता एकबर्षको लागि हुनेछ र दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ। सम्झौताले बैंकका सम्पूर्ण स्टाफ एवं बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताए ।

उनका अनुसार छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने उनले जानकारी दिए ।

माई च्वाइस रातो भाले रिसोर्ट करिब २ करोड लगानीमा बनेको हो । नवलपरासी जिल्लाको सुनवल तुरिया पुल नजिकै होटेल अवस्थित छ । रिसोर्ट संचालक बलराम पाण्डेका अनुसार रिसोर्टमा करिव १५० भन्दा बढी सफा, ताजा र स्वादिष्ट आइट्महरु पाइन्छन ।

सुबिधा सप्पन्न आधुनिक बातानुकुल डिलक्स कोठाहरु तथा एउटा ५० जना अटाउने कन्फ्रेन्स हल र अर्को २०० जना अटाउने उत्कृष्ट बैन्कुट हल रहेका छन् । जसमा विवाह, बर्तबन्ध, सेमिनार लगायतका कार्यक्रमहरु गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS