IME Life New

बिपिडब्लुको आइपीओमा आवेदन दिन आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपश्चात सर्वसाधारणको लागि निष्काशन गरेको हो।

लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो।

Crest

जसमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा बाँडफाँड गरिसकेको छ भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

हालसम्म आइपीओमा ११ लाख भन्दा बढीको आवेदन परेको छ । उक्त आइपीओमा ११ लाख १३ हजार ५८३ जना आवेदकबाट १ अर्ब २२ करोड ९३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ९३ हजार ६५० कित्ता शेयरको लागि आवेदन परेको हो ।

आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS