IME Life New

कर्पोरेट डेभलपमेन्ट बैंकको एजिएम आज, कहिलेसम्म शेयर किन्नले पाउँछन् लाभांश?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आज फागुन २२ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले उक्त सभा बिरगंज स्थित आफ्नै केन्द्रीय कार्यालयमा आयोजना गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ० दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रहेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले अध्यक्षको मन्तब्य सहित प्रस्तुत आर्थिक वर्ष २०७८ / ०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ / ०७९ को आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८ /०७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९ /०८० को लागि बैंकको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले कर्पोरेट डेभलपमेण्ट बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने गाभिने वा एक्विजिसन (प्राप्ती) सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा पारित गरिएको संशोधन प्रस्तावमा नियमनकारी निकायबाट (जस्तैः कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक आदि) कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्नेछ ।

सभाले प्रचलित कानून वा नियमनकारी निकायको सुझाव वा निर्देशन अनुसार प्रबन्धपत्र वा र र नियमावलीमा भाषागत वा अन्य कुनै फेरबदल, थपघट गर्नु पर्ने भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई सोही बमोजिम गर्न अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले बैंकको नियमावलीको को दफा ८ मा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७४ बमोजिम संचालक समितिको सदस्य संख्या ९ बाट ७ गर्नु पर्ने भएकोले संस्थापक तथा सर्वसाधारण शेरधनीबाट प्रतिनिधित्व हुने गरी संचालक समितिको संख्या समायोजन गर्ने, माथिको दफा क बमोजिम कायम हुन आउने संस्थापक र सर्वसाधार शेयरधनी तर्फबाट संचालक समितिको सदश्यको मनोनयन वा निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS