IME Life New

फागुन २० गते शनिवार पनि आरटीजीएस प्रणाली सुचारु रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि फागुन २० गते शनिवार पनि आरटीजीएस प्रणाली संचालनमा रहने भएको छ । शनिवार विदाको दिन भए पनि नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै आरआरटीजीएस प्रणाली सुचारु रहने बताएको छ ।

विकास ऋणपत्र २०७९ क को व्याज भुक्तानीको लागि मिति २०७९ फागुन २० गते शनिवार बिहान १० बजेदेखि १२ बजेसम्म आरआरटीजीएस प्रणाली संचालन हुने राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।

आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । यस प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS