IME Life New

मर्जरको प्रस्ताव सहित दुई लघुवित्तले डाके विशेष साधारण सभा, यस्ता छन् ७ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न खप्तड लघुबित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेले विशेष साधारण सभा आह्वान गरेका छन् । दुवै कम्पनीले चैत्र ६ गते सोमबार विशेष साधारण सभा गर्ने जनाएका छन् ।

खप्तडको साधारणसभा अत्तरियाको होटेल नमस्तेमा हुने छ भने धौलागिरीको साधारणसभा बाग्लुङको उपल्लोचौरमा हुने छ । दुवै कम्पनीको साधारणसभामा मर्जर समबन्धि ७ वटा विशेष प्रस्ताव पेश हुने छन् । दुई संस्था बिच गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए ।

Esewa
Crest

दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

सभाले धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने अध्यक्षको प्रतिवेदन पारित गर्नेछ ।

सभाले धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर गर्ने प्रयोजनको लागि मुल्याकनकर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात ,धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र सम्पत्ति, दायित्व र कारोवारको मूल्यांकनप्रतिवेदन मर्जर गर्ने सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवम् सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन तथा अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर गर्ने प्रयोजनका लागि नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्नेछ ।

सभाले एक आपसमा गाभिनेसँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पूरा गरी अख्तियार प्राप्त निकायहरुबाट अन्तिम स्वीकृत लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन र थप उपर नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, धौलागिरी लघुवित्त वित्तीय संस्थालिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर गर्ने सम्बन्धी कार्य सम्पन्न गर्न सञ्चालक समिति लाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS