IME Life New

कृषि विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले चैत्र १४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले भक्तपुरको बोडे स्थिति बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सभा आह्वान गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २ प्रतिशत बोनश शेयर र ११ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ /७९ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरु लगायत वार्षिक आर्थिक विवरणहरु छलफल गरी पारित गर्नेछ ।

Crest

सभाले यस बैकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी लि। तथा गोबर ग्याँस कम्पनी र सम्बद्ध कम्पनी साना किसान विकास लघुवित्त वित्तीय संस्था को आर्थिक वर्ष २०७८ /७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० को लागि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त हुने लेखापरीक्षकलाई यस बैकको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले बैंकको नियमावलीको नियम १२ को उप(नियम (२) को खण्ड (ख) मा व्यवस्था भए अनुसार समूह ूखू का सर्वसाधरण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले बोनश शेयर प्रस्ताव गरिएकोमा सो समेत समायोजन हुने गरि बैकको जारी र चुक्तापूँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रबन्धपत्र र नियमावलीको तत्सम्बन्धि दफा र नियम एवं उप दफा उप नियमहरु संशोधन तथा थप गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

सभाले पूँजी वृद्धि सम्बन्धी बैंकको प्रबन्धपत्रको दफा ५ को उपदफा (२) र (३) तथा दफा ७ को उपदफा (२) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने, पूँजी वृद्धि सम्बन्धी बैंकको नियमावलीको नियम ५ को उपनियम (२) र (३), नियम ७ को उपनियम (१) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानून बमोजिम संशोधन गर्नु पर्ने भएमा वा नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकता अनुसार ुसोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ३० देखि चैत्र १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS