काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मेरो माइक्रोफाइनान्स लघुवित्त लुघवित्तले बचत सेवाहरुतर्फको ब्याजदर र कर्जातर्फको ब्याजर सार्वजनिक गरेको हो ।
संस्थाले ९ वटा बचत खातातर्फ न्यूनतम ७ दशमलव ५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर प्रदान गरिने जनाएको छ । त्यस्तै संस्थाले कर्जाका सेवाहरुमा सामूहिक तथा व्यक्तिगत दुवैतर्फ १५ प्रतिशत ब्याजदर निर्धारण गरेको जनाइएको छ ।
त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि बचत सेवाहरुतर्फको ब्याजदर र कर्जातर्फको ब्याजर सार्वजनिक गरेको हो । संस्थाले ९ वटा बचत खातातर्फ न्यूनतम ७ दशमलव ५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, यता संस्थाले कर्जाको ब्याजदर न्युनतम १० प्रतिशतदेखि अधिकतम १५ प्रतिशत सम्म निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकले लघुवित्तको लागि जारी गरेको एकिकृत निर्देशन पश्चात लघुवित्तहरुले ब्याजदर परिवर्तन गर्दै आएका हुन् ।