Connect IPS
IME Life

आजसम्म शेयर किन्नले दुई लघुवित्तको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । डिप्रोक्स लघुवित्तले साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा आज फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

त्यस्तै, सपोर्ट लघुवित्तले साधारण सभा प्रयोजनका लागि लघुवित्तले फागुन २१ गते गते बुक क्लोजको मिति तय गरेको हो । त्यसकारण आज फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका शेयरधनीले मात्र उक्त सभामा उपस्थित हुन पाउने लघुवित्तले जनाएको छ ।

Prabhu
Crest

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तको सञ्चालक समितिको १९१ औं बैठकले यहि चैत ४ गते आठौं वार्षिक साधारणसभाको मिति तोकेको हो ।

उक्त सभामा हाल कायम रहेको लघुवित्तको चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँको ११ प्रतिशत बोनश शेयर तथा ०.५७८९४७३७ ले हुन आउने नगद लाभांश प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा फागुन ३० गते गर्ने भएको छ । सभा होटल सेभेन स्टार प्रालि सौराहा, चितवनामा हुने कम्पनीले जनाएको छ । फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आथिृक वर्षको नाफा नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले १० प्रतिशत बोनश शेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको यस साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS