IME Life New

बिपिडब्लु लघुवित्तले बाँडफाँड गर्यो आइपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी गरिने कुल कित्ता आइपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकलाई आज आइपीओ बाँडफाँड गरेको हो । कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

Esewa
Crest

कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिएको हो । विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले दिएको जानकारी अनुसार १० कित्तादेखि एक हजार कित्तासम्म माग गर्ने १५ हजार ९१८ जना आवेदकहरूमध्ये ९७० जनालाई गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो ।

अब कम्पनीले धोलि फागुन १८ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ । अब कम्पनीले १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता आइपीओ सार्वजनिक निष्काशनगर्नेछ ।

सर्वसाधारण शेयरधनीहरूले छिटो अवधि फागुन २३ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २ गतेसम्म विक्रीको मिति तय गरेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS