IME Life New

एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद जेठ १४ बाट खुल्ला हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत शकप्रद अगामी जेठ १४ गतेदेखि खुल्ला हुने भएको छ ।

इन्स्योरेन्सले यसअघि समितिले तोकेको निर्देशन अनुसार संस्थापक साधारण शेयर अनुपात मिलाउन मंसिर १६ देखि पुस २२ गतेसम्म चुक्ता पूँजीको १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गरेको थियो ।

Esewa
Crest

हाल कम्पनीले उक्त हकप्रदले समेत पाउने गरि ३०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । यस हकप्रदमा कम्पनीले वैशाख ९ गते बुकक्लोज गरेकाले बैशाख ८ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रद भर्न पाउने छन्।

उक्त हकप्रदमा सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, एभरेष्ट इन्स्योरेन्स हात्तिसार तथा सम्पूर्ण शाखा कार्यालयहरु, मेरो शेयर तथा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यता अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिनेछ । हकप्रदमा आवेदन दिने अन्तिम दिन असार १६ गते रहेको छ ।

उक्त हकप्रदको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । सो हकप्रद पश्चात एभरेष्टको चुक्ता पूँजी बीमा समितिले तोके अनुरुप एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS