IME Life New

आजसम्म शेयर किन्नेले लक्ष्मी लघुवित्तको बम्पर लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज गुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले ११औं वार्षिक साधारण सभा फागुन २९ गते हुने भएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा अग्रवाल भवन कमलपोखरीमा विहान ११ बजे आयोजना गर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले एघारौ वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको बासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभाले उल्लेखित बोनश शेयर जारी गर्नका लागि आवश्यक हद सम्म अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने, बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम यस वित्तीय संस्थामा रहेको लक्ष्मी बैंकको संस्थापक शेयरलाई सर्वसाधारण शेयर समूहमा परिणत गर्ने, संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव र सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा अन्य संशोधन पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुवाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न संस्थाको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभामा लक्ष्मी लघुवित्त वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्वन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई दिईएको अख्तियारीलाई निरन्तरता दिने लगायतका प्रस्तावहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS