IME Life New

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बिहीबार बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता कार्यान्वयन गर्नका निमित्त एक समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार दासले हस्ताक्षर गरेका हुन् ।

Crest

उक्त सम्झौता अनुरुप नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघअन्तर्गतका संघका सदस्यहरुले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने कार्यको लागि अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय राजदूतावासको नाममा जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण प्रयोजनका लागि बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण ढङ्गले पर्फमेन्स बैंक जमानत सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले ३६५ शाखा कार्यालय, ३६७ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS