IME Life New

एउटा ऋणीले एउटा मात्रै लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिना धितव सामुहिक जामानीमा वा धितोका सुरक्षणमा लघु कर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटा मात्रै लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । एउटै ऋणीले २० औ माइक्रोफाइनान्सबाट कर्जा लिएका विवरण सार्वजनिक भए पनि राष्ट्र बैंकले कडाइ गरेको हो ।

यस्तो कर्जा प्रवाह गर्दा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । बाणिज्य बैंक, विकास बैंक र ग वर्गका फाइनान्सबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य नहुने समेतको व्यवस्था गरिएको छ । अव बाणिज्य बैंक विकास बैंक र फाइनान्सबाट कर्जा लिएका ऋणीले माइक्रोफाइनान्सबाट कर्जा लिन पाउने छैनन् ।

Esewa
Crest

अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकिन गर्नुपर्ने भएको छ ।

तर, यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन । साथै, साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा सत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

76%
happy

खुसी

11%
sad

दु :खी

5%
amazed

अचम्मित

3%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS