IME Life New

एजेण्ट कमिशन बढेसँगै आम्दानी खुम्चिंदा प्रभु मनि ट्रान्सफर घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं। प्रभु समूहले संचालन गरिरहेकाे विप्रेषण कम्पनी मनि ट्रान्सफर प्रालिकाे कमिशन आय गत आर्थिक वर्षमा १२ प्रतिशतले खुम्चि‌ंदा घाटा व्यहाेर्नु परेकाे छ। विप्रेषण आप्रवाहमा गिरावटसँगै नयाँ प्रतिस्पर्धी कम्पनीकाे प्रवेशका कारण गत दुई आर्थिक वर्षमा क्रमशः प्रभु मनि ट्रान्सफरकाे काराेबार खुम्चि‌ंदै गएकाे छ।

केयर रेटिङ नेपालका अनुसार अपरिष्कृत वित्तीय विवरणकाे आधारमा प्रभु मनिले आर्थिक वर्ष २०७८।७९ मा ४४ कराेड ४१ लाख रूपैयाँ कमिशन आम्दानी गरेकाे छ। यसअघि २०७६।७७ मा ७० कराेड र २०७७।७८ मा ५४ कराेड ८० लाख रुपैयाँ कमिशन आम्दानी गरेकाे थियाे । विप्रेषण कम्पनीकाे संख्यासँगै प्रतिस्पर्धा बढेपछि वितरण संजालमा आबद्ध डिलरलाई अड्याउन कमिशन दर बढाउनु परेपछि प्रभु मनिकाे नाफा अन्तर घट्दा घाटा व्यहाेर्नु परेकाे हाे ।

Esewa
Crest

प्रतिस्पर्धामा वृद्धिसँगै काराेबार खुम्चिन थालेपछि प्रभु मनि ट्रान्सफरले क्यानाडा, दक्षिण कोरिया र पाकिस्तानमा पनि स‌ंजाल बिस्तार गरेकाे छ ।

पछिल्लाे समयमा बै‌ंक, वित्तीय संस्थाकाे साथै विद्युतीय भुक्तानी प्रणाली संचालक ईसेवा लगायत कम्पनीले पनि विप्रेषण आप्रवाह सेवामा सकृयता बढाउँदै लगेकाले प्रतिस्पर्धा चुलिएकाे छ। राष्ट्र बैंकका अनुसार बैंक वित्तीय संस्थाबाहेक विप्रेषण आप्रवाह गर्ने इजाजत प्राप्त स‌ंस्था ५१ वटा रहेका छन् ।

वैदेशिक राेजगारीमा रहेका र खासगरी खाडी मुलुकमा राेजगारी गर्दै आएका नेपाली श्रमिकले वार्षिक ९ खर्ब रूपैयाँभन्दा बढी विप्रेषण नेपाल पठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS