IME Life New

लामो समयदेखि बाँकी रहेका दाबी फर्छ्यौट गर्न दुई इन्स्योरेन्स कम्पनीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुलाई बाँकी बीमा दाबी रकम लिन वा दाबी फर्छ्यौट गर्न आग्रह गरेका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले विभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, मरिन बीमा, हवाई बीमा, मिसिलिनियस बीमा, पशु तथा बाली बीमा तथा माइक्रो बीमाका दाबीहरुको दाबी निवेदन प्राप्त भएको र सोपश्चात् सम्पर्कमा नआएका बीमितहरुलाई उक्त दाबी रकम फर्छ्यौट गर्न एक सुचना जारी गर्दै जानकारी दिएको छ ।

Esewa
Crest

कम्पनीले लामो समयदेखि दाबी भुक्तानी हुन बाँकी रहेको बीमितहरुलाई आवश्यक काजगातसहित कम्पनीको नजिकको शाखा तथा उपशाखा कार्यालय वा दाबी विभाग केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा सम्पर्क गर्न भनेको छ । सुचना प्रकाशति भएको मितिले २१ दिनभित्र उक्त दाबी फर्छ्यौटका लागि आवश्यक कागजातहरु प्राप्त नभएमा उक्त दाबी फाइलहरु बन्द गरिने समेत कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी नेपाल इन्स्योरेन्स लिमिटेडले पनि बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई दाबी फर्छ्यौट गर्न आग्रह गरेको छ । यस कम्पनीमा बीमा गराई बीमा दबी परेका बीमितहरुले क्षति मूल्याङ्कनका लागि सर्भेयर कम्पनीले माग गरेका तर बुझाउँन बाँकी रहेका आवश्यक काजगातहरु सम्बन्धित सर्भेयरलाई वा कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरुमा ३५ दिनभित्र बुझाई बीमा दाबी फर्छ्यौट गरी दाबी भुक्तानी लिन सक्ने जनाएको छ । कम्पनीले ३५ दिनभित्र पनि कागजातहरु प्राप्त नभएमा उक्त दाबीका फाइलहरु बन्द गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS