IME Life New

इन्फिनिटी लघुवित्त पनि अब एनपीएसमा आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा इन्फिनिटी लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रबिन कुमार लामा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात इन्फिनिटी लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । यस अन्तर्गत इन्फिनिटी लघुवित्तले एनसीएचएल आइपीएस र आरपीएस, कनेक्ट आइपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरुबीच सोझै गर्न सक्नेछ ।

Esewa
Crest

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८० गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

२०७३ मा स्थापित इन्फिनिटी लघुवित्त ले लघुवित्त सम्बन्धीत सेवाहरु जस्तैः बचत तथा ऋण प्रदान, माइक्रो बिमाका सेवाहरु नेपालका निम्न आय वर्गका परिवारहरुलाई प्रदान गर्दै आएको छ । इन्फिनिटीले आफ्नो सामूहिक नेटवर्क मार्फत लेन्डिङ्ग मोडल पछ्याउंदै नेपालको सम्पूर्ण ४७ वटै जिल्लामा ९० शाखाहरु फैलाएको छ र ९७,७०० घरदुरी ओगटेको छ । इन्फिनिटीले विभिन्न सरोकारवालाहरुलाई प्राविधिक सहयोग सहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS