IME Life New

बीमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च एकै ठाउँ र स्वार्थ बाझिने क्षेत्रमा गर्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर स्वार्थ बाझिने गरि कुनै पनि क्षेत्रमा खर्च गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले ‘बीमकको संस्थागत सुशासन सम्बन्धी चौथो संशोधित निर्देशिका २०७९ मा संचालक समितिका सदश्यहरुलाई व्यक्तिगत तथा राजनैतिक लाभ हुने गरी खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।

त्यस्तै संचालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वको लागि प्राधिकरणले व्यवस्था गरे अनुसार पहिचान हुने क्षेत्रहरु, सो क्षेत्रमा खर्चको लागि प्राप्त हुने प्रस्ताव मूल्याङ्कन गर्ने प्रकृयाँ, कोषको संचालन तथा व्यवस्थापन लगायतका विषयहरु समेटी छुटै कार्यविधि बनाइ लागु गर्नुपर्नेछ । बीमा कम्पनीले संस्थागत समाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा क्रियाशील हुन प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्नेछ ।

Esewa
Crest

सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषको व्यवस्था तथा सोबाट भएको खर्च सम्बन्धी जानकारी आफ्नो वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणी अन्तर्गत खुलाउनु पर्नेछ । कम्पनीको ब्राण्ड प्रवर्द्धन गर्दा हुने खर्च यस कोषबाट ब्यहोर्न पाउने छैन । तर संस्थागत सामाजिक उत्तरदायित्वमा गरेको खर्चमा कम्पनीको नाम सौजन्यको रुपमा उल्लेख गर्न सकिनेछ ।

कम्पनीले संस्थागत सामाजिक उत्तर दायित्व सम्बन्धी कार्यमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय जस्तै शिक्षा स्वास्थ्यमा मात्रै सिमित नभई विभिन्न भौगोलिक क्षेत्र तथा विषयहरुमा न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट सामाजिक परियोजनाहरुमा हुने खर्च शिक्षा स्वास्थ दैवि प्रकोप व्यवस्थापन सामाजिक रुपमा पछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि बीम साक्षरता ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा सिमान्तकृत वर्गको बीमा सम्बन्धी कार्यक्रम आदिमा खर्च गर्न सकिनेछ । त्यस्तै प्रत्यक्ष अनुदान खर्चको रुपमा अति विपन्न तथा सिमान्तकृत वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा बीमा गर्दा हुने खर्च यस अन्तर्गत पर्दछ ।

बीमक-संस्थागत_२०७९_20230214_0001

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS