IME Life New

झण्डै ६५ कराेड रूपैयाँमा नेपाली नाेट छाप्दै चिनियाँ सरकारी कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाै । नेपाल राष्ट्र बै‌ंकले नेपाली नाेट मुद्रणकाे ठेक्का चिनियाँ सरकारी मुद्रण कम्पनी चाइना बैंकनाेट प्रिन्टिङ एण्ड मिनटिङ कर्पाेरेशनलाई दिएकाे छ । राष्ट्र बै‌ंकले सार्वजनिक सूचनामार्फत् आशय पत्र जारी गर्दै चिनियाँ कम्पनीलाई मुद्रणकाे लागी छनाैट गरिएकाे जनाउ दिएकाे हाे ।

बीस रुपैयाँ दरका ३१ कराेड थान नेपाली नाेट मुद्रणका लागी राष्ट्र बै‌ंकले अन्तर्राष्ट्रिय बाेलपत्र आह्वान गरेकाेमा चाइना बैंकनाेटले सबैभन्दा सस्ताे मूल्य प्रस्ताव गरेका कारण छनाैट गरिएकाे बै‌ंकले उल्लेख गरेकाे छ ।

Crest

राष्ट्र बैंकले ४६ लाख ९८ हजार ६८५ अमेरिकी डलर ( अर्थात् साेमबारकाे विनिमय दर अनुसार ६४ कराेड ८० लाख ३० हजार रुपैयाँ ) खर्चेर बीस रुपैयाँ दरकाे ३१ कराेड थान नाेट छपाउन लागेकाे हाे । एक थान नाेट छाप्नका लागी रु‍ २‍.०६ भन्दा बढी खर्च लाग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS