IME Life New

आइएमई जनरल र बिदुर नगरपालिकाबीच पशुपन्छी तथा कृषि बीमा सम्बन्धि सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बिदुर नगारपालिका, नुवाकोटबीच सम्झौता भएको छ । इन्स्योरेन्स र नगरपालिकाबीच बिदुर नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशुपन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्रकुमार ठाकुर र बिदुर नगरापालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर चापागाईले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता पश्चात बिदुर नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरपालिकाले आफ्ना नगरबासीहरुको पशुधन, कृषि तथा नगरबासीहरुको दुर्घटना बीमा गराई नुवाकोट जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको जनाएको छ ।

सम्झैता कार्यक्रमका अवसरमा नगरपालिकाका मेयर सञ्जु पण्डितले आफूले नगरावासीहरुको पशुपन्छी, बालीनालीको बीमा पश्चात पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लि.संग संझौता गरेको बताए । पन्छी पालन लगाएत कृषि उपजमा व्यक्तिगत र व्यवसायीक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS