Connect IPS
IME Life

उन्नती सहकार्य लघुवित्तको शाखा व्यवस्थापन तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आज २७ गते मधेस प्रदेश अन्तर्गतका २८ वटा शाखा कार्यालयहरुका शाखा प्रमुखहरुलाई शाखा ब्यवस्थापन तथा दक्षता अभिबृद्धि सम्बन्धी पुर्नताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम युनाईटेड होटल लालबन्दी सर्लाहीमा सम्पन्न गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकको प्रमुख आथित्यतामा गरिएको तालिम कार्यक्रम मधेस प्रदेश प्रमुख केदार जोशिले संचालन गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाठकले कर्मचारी तथा सदस्यहरुलाई प्रदान गरिने तालिम संस्थाको निरन्तर कार्य प्रक्रिया रहेको र दक्ष तथा क्षमतावान् कर्मचारीले मात्र ग्राहक मैत्रि नबीनतम् लघुवित्त सेवा सदस्यहरुलाई प्रवाह गर्ने भएकाले कर्मचारीहरुलाई तालिम आयोजना गरिएको बताए ।

Prabhu
Crest

उक्त तालिम कार्यक्रममा संस्थाले सेवाग्राही सदस्यहरुको समेत क्षमता तथा सिप बिकासका लागी योजनाबद्ध रुपले ब्यवासयीक तथा सिपमूलक कार्यक्रम आयोजना गरिने जानकारी गराएको थियो ।

तालिम कार्यक्रममा संस्थाका सूचना प्रविधी विभागका विभागीय प्रमुख मनोज श्रेष्ठले सूचना प्रविधी बिषयमा,केन्द्रीय कार्यालयमा कार्यरत अधिकृत कौशल खड्काले आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धमा,अनुगमन अधिकृत दर्गानन्द शाहले जोखिम तथा कर्जा अशुली र अनुगमन अधिकृत अरबिन्द झाले बचत बृद्धि सम्बन्धमा तालिम दिएका थिए ।

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS