IME Life New

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको २१औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्रीमान श्रेष्ठले आ.ब. २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजी ९५ करोड ४ लाखको ६.५ प्रतिशतले हुने बोनस शेयर र ०.३४ प्रतिशत नगद लाभांश पारित गरेको छ । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ र्अब १ करोड २१ लख ७६ हजार पुग्ने कम्पनीले जनाएको छ । सभामा संचालक समितिको निर्वाचन कार्यक्रम अनुसार संस्थाको संस्थापक शेयरधनी समूह ‘क’ तर्फ बाट प्रतिनिधित्व गर्ने डा. रेश्मा श्रेष्ठ, युवराज भण्डारी र दिपेश गार्खाली संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् । साथै सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने सुजन प्रधान र सजीना अमात्य श्रेष्ठ संचालक पदमा निर्विरोध निर्वाचित भएका छन्।

Esewa
Crest

संस्थाको २०७९ माघ २७ गते बसेको २४८ औं संचालक समितिको बैठकबाट संचालक समितिको अध्यक्ष पदमा युवराज भण्डारीलाई मनोनयन गर्ने निर्णय गरिएको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ मा ६ अर्व ७८ करोड रहेको निक्षेप वृद्धि भई समिक्षा वर्षको अन्त्यमा ७ अर्व १० करोड पुगेको छ भने कर्जातर्फ २६ प्रतिशतले वृद्धि भई गत वर्षको अन्त्यमा रहेको कुल कर्जा ४ अर्व ७५ करोडबाट बढेर ५ अर्व ९८ करोड पुगेको छ । त्यस्तै गरी कम्पनीको २०७९ साल माघ २३ गते सम्ममा कूल निक्षेप ७४३ करोड र कूल कर्जा ६०४ करोड भई सिडि रेसियो८१.२९ रहेको छ।

फाइनान्सले चिप बेस डेबिट कार्ड, एसएमएस अलर्ट, ई–बैंकिङ, इसीसी, आइपीएस कनेक्ट आइपीएस, आरटीजीएस, कर्पाेरेट पे, मोाइल बैंकिङ, इसेवा, फोन पे, प्रभु पे, सेफ डिपोजिट लकर, टप अप फुयासिलिटि, विप्रेषण सेवा, डिपी, सी आश्वा, क्युआर कोड लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै व्यक्तिगत खाताको हकमा ५ लाखसम्मको निक्षेप बीमाको व्यवस्था गरेको छ । यस फाइनान्सले देशभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS