Connect IPS
IME Life

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले वितरण गर्न शुरू गर्यो नगद लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी निर्णय गरेको नगद लाभांश वितरण गर्न शुरू गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित करसमेत ५ दशमलव २० प्रतिशत नगद लाभांश वितरण शुरू गरेको हो ।

वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गरेको कम्पनीले पुस १८ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामै माघ ५ गतेदेखि नै नगद लाभांश जम्मा गर्न शुरू गरेको हो ।

Prabhu
Crest

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको नगद लाभांश बैंक खाता अद्यावधिकपछि मात्र वितरण हुने जानकारी कम्पनीले दिएको छ ।

साथै बुक क्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेश गरेपछि मात्र नगद लाभांश प्राप्त गर्नेछन् । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७८र७९ को मुनाफबाट नगद लाभांशसँगै २ दशमलव ४० प्रतिशत बोनस शेयरसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर भने धितोपत्र दोस्रो बजारमा सूीचकृत भएपछि मात्र वितरण गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS