IME Life New

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २९ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २८ गते सनिबार विदा परेको हुनाले आजसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले फागुन १४ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले काठमाडौँको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा गर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनश शेयर र ३ दमलव ८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंक लि। को २०७९ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

सभाले यस विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले बोनश शेयर जारी पश्चात कायम हुन आउने भिन्न अंकलाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने, यस विकास बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत गाभ्ने वा प्राप्ति सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा विकास बैंकको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायहरुबाट संशोधन, परिवर्तन वा थप घट गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप र घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS