Connect IPS
IME Life

किसान लघुवित्तको नाफा ९६ प्रतिशतले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ । चालू आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६ दशमलव ५० प्रतिशतले घटेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ४ करोड ५२ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आर्थिक वर्षमा घटेर १५ लाख ८२ हजारमा झरेको हो । चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले र सञ्चालन नाफा घटेकाले कम्पनीको खुद नाफामा प्रभावित देखिएको हो ।

Prabhu
Crest

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी ३३ प्रतिशतले घटेको छ । कम्पनीले गत वर्ष सम्भावित जोखिम बापतको व्यवस्थामा ४ करोड ४ लाख छुट्याएकोमा चालू आवमा ६ करोड ७ लाख छुट्याएको छ ।

कम्पनीको चुक्ता पूँजी ४७ करोड १३ लाख रहेको छ । यस अवधिमा कम्पनीले जगेडा कोषमा ३५ करोड २२ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीले ४ अर्ब ७४ करोड सापटि लिएर १ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ६ अर्ब ७४ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी शून्य रुपैयाँ ६७ पैसा (वार्षिक), तरलता अनुपात ३ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ७२ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS