IME Life New

नयाँ नियमावली नआउदा तीन वर्षे अभिकर्ताको शुल्कमा विवाद, एक वर्षको शुल्कले तीन वर्षको लागि काम गर्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले समयमा नियमावली तथा अभिकर्ता सम्बन्धी कानुनी व्यवस्था गर्न नसक्दा अभिकर्ता लाइसेन्सको शुल्कमा विवाद देखिएको छ । प्राधिकरणले अभिकर्ता शुल्कका विषयमा कुनै पनि निर्णय गर्न नसक्दा यस्तो विवाद आएको हो ।

बीमा ऐन २०७९ को दफा (९१) को उपदफा (१) मा ‘बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको रुपमा काम गर्न चाहने व्यक्ति वा संस्थाले इजाजतपत्रको लागि तोकिए बमोजिम कागजात तथा दस्तूर सहित प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ’ भनिएको छ ।

Esewa
Crest

ऐनमा भनिए अनुसारको दस्तुर भने प्राधिकरणले अहिलेसम्म पनि तय गर्न सकेको छैन । यस्तो दस्तुर बीमा नियमावलीमा व्यवस्था हुनु पर्छ । तर नियमावलीको अहिलेसम्म अत्तो पत्तो छैन । तर प्राधिकरणले बीमा ऐन २०७९ अनुसार अभिकर्ता लाइसेन्स जारी गरिरहेको छ तर  अभिकर्ता शुल्क भने बीमा नियमावली २०४९ अनुसार लिइएको छ । जवकी बीमा नियमावली २०४९ को यस्तो व्यवस्था नयाँ ऐन अनुसार मेल खादैन । प्राधिकरणले ऐन सँग बाँझीएका सम्पुर्ण व्यवस्थाहरु स्वत निष्कृय हुने जनाएको छ । त्यसैले बीमा नियमावली २०४९ को अभिकर्ता शुल्क सम्बन्धी व्यवस्था पनि मेल खादैन । उक्त नियमावलीको अभिकर्ता शुल्क र नविकरण शुल्क एक वर्षका लागि हो तर नयाँ ऐन अनुसार तीन वर्षको लागि शुल्क तथा नविकरण शुल्क लिनु पर्छ ।

बीमा नियमावली २०४९ को नियम २० को उपनियम ३ दुई बमोजिम अभिकर्ता इजाजतपत्र बावत पाँच सय रुपैयाँ लाग्ने व्यवस्था रहेको छ । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ अनुसार एक बीमा कम्पनीमा मात्रै काम गर्न पाउने गरी अभिकर्ता लाइसेन्स जारी गर्न निर्देशन दिइसकेको छ । कम्पनीहरुले ऐन अनुसार नै परिक्षा लिएर अभिकर्ताको लाइसेन्स दिइरहेका छन् । तर यसरी अभिकर्ता लाइसेन्स लिदा प्राधिकरणले शुल्क भने पुरानै व्यवस्था अनुसार लिएको भन्दै अभिकर्ताहरु अहिले अन्योलमा छन् ।

नियम अनुसार अभिकर्ता लाइसेन्सको पहिलो वर्ष ५०० रुपैयाँ शुल्क भुक्तानी गरे पछि नविकरण शुल्क बापत २ सय रुपैयाँ तिर्नु पर्छ । तर बीमा कम्पनीहरुले ऐन अनुसार तीन वर्ष अवधिको लाइसेन्सका लागि पनि ५०० रुपैयाँ शुल्क लिएर लाइसेन्स दिइसकेका छन् ।

नेपाल बीमा प्राधिकरणले आयोजना गरेको एक कार्यक्रममा बीमा कम्पनीहरुले प्राधिकरणलाई अहिले ५०० रुपैयाँ लिएर जारी भएको लाइसेन्सधनीले अर्को वर्ष पैसा तिर्नु पर्छ कि पर्दैन भनेर सोधेका थिए । तर प्राधिकरण समक्ष अहिले यसको उत्तर छैन ।

प्राधिकरणले बीमा नियमावली नबन्दा शुल्क निर्धारण गर्न नसकिएको जनाएको छ । प्राधिकरणका अधिकारीहरुलाई प्रश्न गर्दा पनि कसै सँग यसको जवाफ छैन । अभिकर्ता लाइसेन्समा मात्रै होइन यहि समस्या बीमा सर्भेयरहरुको हकमा पनि लागु हुन्छ । बीमा सर्भेयरले यहि चैत मसान्त भित्रमा नविकरण गर्नु पर्छ । उनिहरुले अव नविकरण गर्दा तीन वर्षसम्मको लागि कायम हुनेछ । तर निकरण शुल्क कति हुने भन्ने विषयमा अझै पनि खुल्न सकेको छैन ।

अभिकर्ताहरुको हकमा पनि नविकरण शुल्क २०० रुपैयाँ लाग्छ । प्राधिकरणले यहि चैत भित्र आफ्ना व्यक्तिगत विवरण पेश गर्न निर्देशन दिएको छ । अभिकर्ताहरुले नागरिकता, प्यान नम्बर, अभिकर्ता लाइसेन्सको फोटो, व्यक्तिगत फोटो बीमा कम्पनीहरुलाई उपलब्ध गराउनु पर्छ । उक्त विवरण उपलब्ध नगराउने अभिकर्ताको नविकरण नै नहुने प्राधिकरणले जनाएको छ । पुराना अभिकर्ताले पनि चैत मसान्त भित्रमा नविकरण गर्नु पर्नेछ । उनिहरुको लागि कति शुल्क लिने भन्नेमा प्राधिकरण सँग जवाफ छैन । त्यसैले त्यसैले तीन वर्षको हकमा नविकरण शुल्क कति हुने र प्रथम पटक लाइसेन्स लिदा कति शुल्क लाग्ने भन्ने विषयमा छिटो भन्दा छिटो निर्णय लिनु पर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS