IME Life New

सिवाईसी नेपाल लघुवित्तको नाफामा ५८ प्रतिशतको गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो नाफा ५८ दशमलव ९७ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो।

१२ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ५७ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ सापटी गरी ४ अर्ब १ करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६ दशमलव ७३ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी १७ दशमलव ४७ प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा १ दशमलव ९२ प्रतिशतबाट बढेर ४ दशमलव ६२ प्रतिशत पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रति शेयर आम्दानी १०२ रुपैयाँ ४४ पैसा घटेर ३९ रुपैयाँ २४ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४९.५४ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ ३३३ रुपैयाँ ४३ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS