काठमाडौं । बीमा कम्पनीहरुले विभिन्न प्रकारका जोखिमहरुको बीमाहरु गर्छन । त्यस मध्ये मोटर बीमा अन्तर्गतको तेश्रो पक्ष प्रतिको दायित्व बीमा पनि एक हो । मोटर बीमादर सम्बन्धी निर्देशिका, २०७३ मा तेश्रो पक्ष को व्याख्या यस प्रकार छ ‘तेश्रो पक्ष भन्नाले बीमा गरिएको सवारी साधनसँग सम्बन्धित तथा त्यस्तो सवारी साधनमा यात्रा गर्ने व्यक्ति बाहेकका अन्य बाहिरी व्यक्ति वा सम्पत्ति सम्झनु पर्छ । र तेश्रो पक्ष प्रतिको दायित्व बीमा भन्नाले यस निर्देशिकामा समाविष्ट बीमालेख बमोजिम तेश्रो पक्ष प्रतिको दायित्व व्यहोर्ने गरि गरिने बीमा सम्झनु पर्छ ।’
बीमा गरिएको सवारी साधनले कुनै पनि ब्यक्ति वा सम्पत्तिको दुर्घटनाको कारणबाट हानीनोक्सानी भएमा त्यसको दायित्व तेश्रो पक्ष बीमा अन्तर्गत पर्दछ । व्यक्तिको हकमा मृत्यु वा अगंभगं र सम्पत्तिको हकमा उक्त सम्पत्तिको क्षति भनि बुझनु पर्दछ ।
कुनै पनि व्यक्ति उपचार गर्दा गर्दै मृत्यु भएको खण्डमा उपचार खर्च वापत अधिकत्तम रु. ३००,०००।०० र मृत्यु भएको खण्डमा रु. ५००,०००।०० को प्रावधान छ । साथै यस बाहेक कुरुवा खर्च, एम्बुलेन्स खर्च र किरिया खर्च पनि प्रदान गर्दछ ।
तेश्रो पक्ष बीमाबाट सिर्जित कुनै एक दुर्घटनाका अधिकत्तम सिमा तथा प्रावधानहरु निम्न प्रकारका छन् :-
तेश्रो पक्ष बीमाका उपलब्धीहरु
विगतको इतिहास केलाउने हो भने २०६६ अगि बीमाले तेश्रो पक्ष वापत व्यहोर्ने दायित्व अत्यन्त न्युन थियो । राजमार्गमा चल्ने सवारी साधनको ठक्करबाट घाइते हुने, मृत्यु हुने खबरहरु र त्यही खबर सगैं आक्रोसित भिडले कयौ दिनसम्म राजमार्गमा सवारी साधन चल्न नदिई अवरोध गर्ने, हुलदंगा, तोडफोड गर्ने, आगजनि गर्ने जस्ता कृयाकलापहरु हुन्थे । परिस्थिति सामान्य बनाउनका लागि निकै ठुलो मिहिनेत गर्नु पथ्र्यो र यो बारम्बार घटिरहने भएकोले सरकार, प्रशासन, पुलिस तथा यातायात व्यवसायी सबैको टाउको दुखाई विषय थियो ।
यसका समाधानका लागि तत्कालिन अर्थमन्त्री, साविक बीमा समितिका अध्यक्ष तथा अन्य सरकारी उच्च तहका पदाधिकारीहरुको छलफल पछि यसको समाधान बीमाबाट गरिने व्यवस्था अनुरुप दायित्वको सिमालाई बढाएर तेश्रो पक्ष बीमा अनिवार्य र मोटर बीमा निर्देशिका २०६६ भाद्र १ गतेबाट प्रचलनमा आयो । यस पछि पनि थप संशोधन सहित मोटर बीमा निर्देशिका २०७३ आएको छ ।
बीमा भनेको नै भवितव्य भएकोले कुनै व्यक्तिले दुर्घटनाको कारणले ज्यान गुमाउनु त दुखद कुरा हो तर त्यस दुखद अवस्थामा उनका परिवारले बीमा वापत प्राप्त गर्ने रकमले उनीहरुलाई आर्थिक टेवा चाहि प्राप्त हुन्छ र त्यस बेलाको राजमार्गमा घटने जटिल परिस्थितीलाई बीमाको माध्यमबाट नै सम्बोधन भएको थियो । त्यसपछि परिस्थिति सामान्य बन्दै गयो र त्यस्ता समस्याहरु हाल एकदमै नगन्य रुपमा छन्, यातायात व्यवसायीहरुलाई पनि यस्ता दुर्घटनाबाट हुने अन्य हानीहरु जस्तै राजमार्गमा हुने अवरोधका कारण आफनो सवारी साधन चलाउन नपाइने, बैंकबाट लोन लिएको अवस्थामा किस्ता तिर्न ढिला हुने आदि कार्यबाट सहज भएको छ, यो बीमा क्षेत्रले राज्य प्रति गरेको ठुलो योगदान हो भन्नेमा दुई मत नहोला ।
तेश्रो पक्ष बीमा र यातायात व्यवस्था विभागको भुमिका
कुनै पनि सवारीधनीले आफनो सवारी साधनको नविकरण गराउन यातायात व्यवस्था विभागको कार्यलय जादां, यातायात कार्यलयले बील बुक र तेश्रो पक्ष बीमा भएको बीमालेखको अनुसुचीको आधारमा नविकरण गर्ने गरिन्छ । यस क्रमका उक्त बीमालेखको प्रष्ट बुझिने फोटोकपी आवश्यक पर्दछ र बीमा अवधि, सवारी साधनको विवरण आदि लाई ध्यान दिइनछ र सोही अनुरुप बिलबुक नविकरण हुने गर्दछ ।
तर मेरो आफनो ब्यक्तिगत विचारमा त्यतिले मात्र पुग्छ जस्तो लाग्दैन कारण बेला बेलामा विभिन्न बीमा कम्पनीको नक्कली बीमालेखहरु पनि बजारमा फेला पर्दछ र बीमा कम्पनीको परफरमा लाई यातायात कार्यलयका कर्मचारीहरु बीमालेख भनि झुक्किने गरेको पनि पाईन्छ, यी कारणले बीमितले दावीबाट वंचित हुने अवस्था निश्चय नै आउंछ ।
यस कारणले सरकारको नीति ले तेश्रो पक्ष बीमा अनिवार्य भए पछि यातायात व्यवस्था विभागको कार्यलय पनि बीमामा आवद्ध हुने भएकोले तेश्रो पक्ष बीमालाई व्यवस्थित र मार्यदित बनाउन उनीहरुको पनि ठुलो भुमिका रहन्छ । यस अर्थमा तहां कार्यरत कार्यलयका कर्मचारीहरुमा पनि बीमा सम्बन्धी बेला बेलामा साक्षरता अभियान चलाउने हो भने बीमितले बीमाबाट पाइने दावीबाट वचित हुने अवस्था नै रहदैन जस्तो लाग्दछ ।
साथै नविकरणका लागि आउने सेवाग्राहीसगं बीमालेखका सक्कली र फोटोकपी प्रति दुवै पेश गर्न लगाउने र सो एक आपसमा भिडाउने हो भने बीमितले बीमाबाट सुविधा लिन सक्थे र यस्ता बदमासहरुको कृयाकलापहरु रोक्न पनि मद्दत गर्छ कि ?
तेश्रो पक्ष बीमा र बीमा कम्पनीको अभ्यास
साविक बीमा समितिको निर्देशन पछि बीमा कम्पनीहरुले आफना आफना तोकिएको जिल्लाहरुमा आफना कर्मचारी राखेर तेश्रो पक्ष बीमाको सेवा दिदै आएका छन् र विगतमा जस्तो बीमाका लागि कभरनोट काटने, हातले लेख्ने जस्ता कार्यहरु अहिले छैन् ।
बीमालेख सबै कम्पनीको कम्पुयटराइड (Computerized) नै छ, । मोटर बीमा निर्देशिका, २०७३ को परिच्छेद ७ को दफा ७.५ बमोजिम स्वामित्व परिवर्तन भई नयाँ धनीले ३५ दिन भित्र सम्बन्धित जोखिमको बीमा नगराएमा बीमालेख निष्किृय हुने तर बीमा अवधि कायम रहेको अवस्थामा चालक लगायत तेश्रो पक्षको हानी नोक्सानी सम्बन्धमा सम्बन्धित बीमा कम्पनीले दायित्व चाहि व्यर्होनु पर्ने हुन्छ भन्ने व्यवस्था छ ।
कुनै बीमितलाई व्यापक बीमा (Comprehensive) चाहिएको ले उनले व्यापक बीमा प्राप्त गर्दछ र उदाहरणका लागि उनलाई तीन महिना पछि उक्त बीमा आवश्यक परेन र बीमा कम्पनीमा उनले अनुरोध गरि पछि उल्लेखित बीमा रद्द गर्न सक्दछ तर कतिपय बीमा कम्पनीहरुले तेश्रो पक्ष वापतको बीमाशुल्क पनि फिर्ता गरिदिन्छ ९ बीमालेख दोहोरो नभएको अवस्थामा पनि सरकारको नीति अनुरुप तेश्रो पक्ष बीमा त अनिवार्य हो र बीमितको आफनो इच्छा हो तेश्रो पक्ष बीमा मात्र गर्ने हो कि व्यापक बीमा गर्ने, तर तेश्रो पक्ष बीमा चाहि रद्द गर्न नमिल्ने र व्यापक बीमा अन्तर्गत तेश्रो पक्ष बीमा वापतको बीमा शुल्क चाहि फिर्ता गरि रद्द गर्न मिल्ने, र अर्को कुरा एउटै सवारी साधनको बीमा तेश्रो पक्ष बीमा र व्यापक गरि दुई वटा त कसैले पनि गर्दैनन् होला ?