IME Life New

बीमा प्राधिकरणको गण्डकी प्रदेशले गर्यो जीवन बीमकका प्रादेशिक प्रमुखहरुसँग अन्तरक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका गण्डकी प्रदेशले जीवन बीमा ब्यवसाय गर्ने प्रदेश प्रमुखहरुसँग बीमा सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेको छ । आज माघ १९ गते बिहिबार नेपाल बीमा प्राधिकरणका गण्डकी प्रदेशमा प्रमुख केशब प्रसाद दाहालको अध्यक्षतामा गण्डकी प्रदेश अन्तर्गत जीवन बीमा ब्यवसाय गर्ने बीमकका प्रदेशमा नेतृत्व गर्ने प्रतिनिधी वा प्रदेश प्रमुखहरु सँग समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो ।

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा बीमा क्षेत्रमा आबद्ध जनशक्तीको क्षमता अभिबृद्धीका लागि नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरसँग समन्वय र सहकार्य गरी समय समयमा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने निर्णय भएको छ ।

Esewa
Crest

त्यस्तै, बीमा ब्यवसायलाई अझ व्यवस्थीत, स्वच्छ, र स्वतन्त्र ढंगले बीमा ब्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ । दाहालले प्रत्येक जीवन बीमा ब्यवसाय गर्ने बीमकले तत्काल आफ्नो साइन बोर्डमा नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त भनी उल्लेख गर्नुपर्ने निर्देशन दिएका छन् ।

उनले उक्त अन्तरक्रिया मार्फत स्थानीय तह सम्म बीमा ब्यवसायको बिस्तार, विकासका तथा बीमितको हक हित रक्षाका लागि नेपाल बीमा प्राधिकरण र बीमकहरु सहकार्य साथ अघि बढ्ने निर्णय भएको छ ।

कार्यक्रममा २३ जनाको सहभागीता रहेको थियो । पाल बीमा प्राधिकरणका सहायक निर्देशक सुदिप गिरी र सहायक प्रथम बलराम लामिछाने तथा बीमकका प्रदेशमा नेतृत्व गर्ने प्रतिनिधी वा प्रदेश प्रमुखहरु उपस्थिती रहेको थियॊ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS