IME Life New

निर्धन उत्थान लघुवित्तले बोलायो साधारण सभा, लाभांश सहित यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्तले फागुन १२ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले नक्साल स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु (अन्य अनुसूचीहरु समेत) उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थाको सञ्चालक समितिका सदस्यहरुको मनोनयन र नियुक्ति अनुमोदन गर्नेछ ।

सभाले वित्तीय संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन परिमार्जन गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट परिवर्तन वा थपघट गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा संशोधन, परिवर्तन, थपघट तथा सच्याउनको लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट २ जना र सर्बसाधारण शेयरधनीको तर्फबाट २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गतेदेखि साधारण सभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS