काठमाडौं । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गणेशराज पोखरेल नियुक्त भएका छन् । आज बुधबार बसेको बैंकको संचालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई आगामी ४ बर्षका लागि पुनः सीइओमा नियक्त गरेको बैंकले जनाएको छ ।
पोखरेलले स्थापना काल देखिनै बैंकसंग आवद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर , कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।