IME Life New

सिराहको अर्नमा गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेशको सिरहा जिल्लाको अर्नमा गाउँपालिकामा आज बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले बीमाप्रतिको अन्यौल हटाई टोल टोलमा खुलारुपमा बीमाका बारेमा जानकारी दिन सकेमा बीमा गर्न चाहनेहरु नै बीमा गर्न खोजी खोजी आउने बताए ।

Esewa
Crest

अध्यक्ष यादवले बीमा व्यवसायमा पारदर्शिताको कमी र न्यून मूल्यांकनका कारण माछा, पशुपन्छी, घर लगायतको बीमामा गुनासो आउने गरेको उल्लेख गर्दै देशको समृद्धिका लागि हरेक व्यक्ति आर्थिकरुपले सुरक्षित हुनु अपरिहार्य भएकाले सबैले जीवन तथा निर्जीवन बीमा गर्नुपर्ने बताए ।

अर्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंहले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा सहभागी कृषकहरुले बोयर जातको बाख्रा र गाईको बजार मूल्य अनुसार बीमा गर्न नपाएको, कृषि तथा पशुपन्छीको बीमा दाबी प्रक्रियाका बारेमा बीमा कम्पनीले जानकारी नदिएको, कम्पनीहरुले माछाको बीमा गर्न नमानेको, बीमा दावी गरेको एक वर्षसम्म पनि दाबी भुक्तानी नपाएको लगायतका गुनासा गरका थिए ।

बीमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधिहरुले वास्तविक मूल्यभन्दा बढीको बीमा गर्न खोजिने गरेकाले बीमा गर्न समस्या भएको र कृषि प्राविधिकको सिफारिशका आधारमा बीमा गर्न तयार रहेको स्पष्ट पारेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गाउँपालिकाका सेवासँग आवद्ध गरेर घर, सम्पत्ति र व्यवसायको बीमालाई अनिवार्य गर्न र राहतभन्दा पनि नागरिकको बीमा गर्नका लागि कार्यक्रम ल्याउन गाउँपालिकासँग आग्रह गरे ।

कार्यालय प्रमुख शर्माले गाउँपालिकालाई आफ्ना कर्मचारी, भवन र सम्पत्तिको बीमा गर्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा अर्नमा गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी साह, वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरु, नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक अनिश तिमिल्सिना, बीमा कम्पनीका शाखा कार्यालय प्रमुख, कृषि प्राविधिक, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, कृषक, संचारकर्मीहरु लगायत गरी करिव ११५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS